Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
सुजिता मृत्यु प्रकरण : अझै खुलेन मृत्युको कारण सुजिता मृत्यु प्रकरण : अझै खुलेन मृत्युको कारण - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

सुजिता मृत्यु प्रकरण : अझै खुलेन मृत्युको कारण

544 पटक हेरिएको
Clock २०७८ श्रावण ८, शुक्रबार ०९:३३
-- Sponsored --

८ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण अझै खुल्न सकेको छैन । ब्रम्हस्थानी सामुदायिक वनभित्र शव भेटिएको एक महीना पुगिसक्दा पनि मृत्युको कारण नखुलेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सामाखुशीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भएको भिसेर परीक्षणको रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न ढिलाइ भएको हो ।

स्रोतका अनुसार कोरोना भाइरसका कारण आलोपालोमा काम भइरहेको र जनशक्ति पनि कम रहेकाले रिपोर्ट आउन ढिला भएको प्रयोगशालाले भनेको छ ।
त्रिवि शिक्षण अस्पतालमा भएको पोष्टमार्टममा मृत्युको कारण खुल्न नसकेपछि भिसेरा जाँचका लागि पठाइएको थियो । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा बाहिरी चोटपटक नदेखिएको उल्लेख गर्दै मृत्युको कारण पहिचान हुन नसकेको भनिएको छ ।

पोष्टमार्टबाट मृत्युको कारण नखुलेपछि सुजिताले विष सेवन गरेको हुनसक्ने आशंकामा भिसेरा परीक्षण गरिएको थियो ।

प्रहरीले २१ असारमा उनको शव बरामद गर्दा नजिकै विषको बट्टा भेटिएकाले पनि यो आशंका गरिएको थियो । शव भेटिएको ९ दिन अघि उनी साथी कहाँ जाने भन्दै घरबाट हिंडेकी थिइन् ।

बिहान ६ बजेतिरै घरबाट निस्किएकी उनी खाना खाने बेला पनि आएकी थिइनन् । दिउँसो १२ बजेतिर अपहरित भएको भन्दै फोन आएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

तर अपहरणलाई पुष्टि गर्ने आधार प्रहरीले भेटेको थिएन । त्यहीबीच जंगलमा उनको शव भेटिएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win