+
+
-- Sponsored Ad --

सिमलताल घटना : बेपत्ता यात्रु र बस भेट्न नसकेकोबारे सशस्त्र प्रहरीकाे राय यस्ताे छ ।

180 पटक हेरिएको
Clock २०८१ असार ३०, आईतवार १२:५१
-- Sponsored --

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सिमलताल घटनामा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका यात्रु र बसको खोजीका लागि तीन वटै सुरक्षा निकायले आफ्ना दक्ष र अनुभवी सुरक्षाकर्मी परिचालन गरिरहेको जनाएको छ । प्रगति लगभग शून्यःप्राय हुँदा पीडित आफन्तहरुमा आक्रोश बढिरहेको र उद्दार तथा खोजीमा अझै कमी भयो कि भन्ने गुनासो बढिरहेको सन्दर्भमा सशस्त्र मुख्यालयले आज आइतबार एक विज्ञप्ती मार्फत् सो कुरा जनाएको हो ।

सशस्त्र प्रहरी मुख्यालयका सह प्रवक्ता शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘खोजी कार्यमा ३ वटै सुरक्षा निकायले आफ्ना दक्ष र अनुभवी सुरक्षाकर्मी परिचालन गरिरहेका छन् । प्रगति लगभग शून्यप्राय: हुँदा पीडित आफन्तहरुमा आक्रोश र उद्धार तथा खोजीमा अझै कमी भयो भन्नु स्वाभाविक हो । सशस्त्र प्रहरी बलले प्रयोग गरिरहेको डिभाइसहरु उच्च प्रविधियुक्त हुन् तथापी अधिक धमिलो पानी र पानीको बहाब उच्च भएका ठाउँमा ती उपकरणहरुले सोचेजस्तो काम नगर्न सक्छन् ।

अर्कोतर्फ सशस्त्र प्रहरी बलका गोताखोर र विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिले गर्ने प्रयासलाई हेर्ने हो भने हाम्रा उद्धारकहरु यहीँको उर्लंदो भेल र खोंचमा समेत तालिम गरेका र त्यस्तै उद्धारमा अनुभवी छन् । यस्तो पानीको उच्च बहाब र अप्ठ्यारो ठाउँमा उद्धारका लागि अभ्यस्त जनशक्तिको प्रयासले समेत कुनै उपलब्धी नभइरहेको अवस्थामा अन्य उद्धारक जो यस प्रकारको भूबनोट, खोला नदीमा अभ्यस्त छैनन् त्यसबाट थप केही होला भन्नेमा आश गर्न सकिने अवस्था छैन । उद्धारलाई ३ वटै सुरक्षा निकायको संयुक्त प्रयासमा अझ प्रभावकारी बनाउने प्रयास जारी नै छ । सास नहुँदा लाससम्म भएपनि आफन्तलाई बुझाउन सकिन्छ कि भनेर उद्धारका सबै प्रयास गरिएको छ ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win