+
+
-- Sponsored Ad --

कावासोतीमा ग्रिनेट बम फेला ।।

1,072 पटक हेरिएको
Clock २०७८ श्रावण ९, शनिबार १२:५१
-- Sponsored --

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १४ मा बेवारीसे अवस्थामा ग्रिनेट बम फेला परेको छ ।

कावासोती–१४ का कृषकहरुले खेतमा पानी लगाउनका लागी डन्जेर खोलामा बाधमा लगाउने सेउला काट्ने क्रममा झाँडी भित्र ग्रिनेट बम फेला पारेका थिए । ग्रिनेट बम फेला पारेपछि उनीहरुले प्रहरी चौकीमा खवर गरेका थिए ।

ग्रिनेट बम फेला परेको स्थानलाई अहिले प्रहरीले सुुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताए ।

गिरीका अनुसार ग्रिनेट कतीको शक्तिशाली रहेको छ सो भने खुल्न सकेको छैन । बम डिस्पोजलका लागी अहिले घटना स्थलमा नेपाली सेनाको टोली आउदै गरेको गिरीले बताए ।।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win