+
+
-- Sponsored Ad --

पाखामा लागेको आगोमा जलेर स्याङ्जामा एक महिलाको मृत्यु

447 पटक हेरिएको
Clock २०७८ बैशाख १३, सोमबार ०४:३८
-- Sponsored --

विक्रम डुम्रे, स्याङ्जा । आधिँखोला गाउँपालिकामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीका अनुसार ती महिला ब्रतमन्धको निमन्त्रणमा गई घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको आगोबाट हिडीरहेको अवस्थामा आगोको मुस्लोमा परी जलेर मृत्यु भएको हो । 

 

मृत्यु हुनेमा आधिँखोला गाउँपालिका वडा नं १ अर्घौदी बस्ने लक्ष्मी प्रसाद तिवारीको श्रीमती ७२ वर्षीय टीका कुमारी तिवारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टम कार्यका लागि जिल्ला अस्पताल स्याङ्जामा राखेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win