पाखामा लागेको आगोमा जलेर स्याङ्जामा एक महिलाको मृत्यु

विक्रम डुम्रे, स्याङ्जा । आधिँखोला गाउँपालिकामा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सुचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीका अनुसार ती महिला ब्रतमन्धको निमन्त्रणमा गई घर फर्किने क्रममा रातो पहिरो पाखामा लागेको आगोबाट हिडीरहेको अवस्थामा आगोको मुस्लोमा परी जलेर मृत्यु भएको हो । 

 

मृत्यु हुनेमा आधिँखोला गाउँपालिका वडा नं १ अर्घौदी बस्ने लक्ष्मी प्रसाद तिवारीको श्रीमती ७२ वर्षीय टीका कुमारी तिवारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पोष्टमार्टम कार्यका लागि जिल्ला अस्पताल स्याङ्जामा राखेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *