३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा कावासोतीमा एक शताब्दी पुगेका ज्येष्ठ नागरिकलाई सम्मान
नवलपुर । ३४ ओैँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस कावासोतीमा एक शताब्दी पूरा गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ।
नगरपालिकामा कार्यक्रमको आयोजना गरि नगर भित्र एक शताब्दी पूरा गरेका नागरिकलाई सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा महिला विकास अधिकृत शुभद्रा शर्माले बताउनुभयो ।
नगरपालिका भित्रका विभिन्न वडाका एक सय वर्ष पुुरा गरेका दस जना ज्येष्ठ नागरिकलाई सम्मान पत्र, दोसल्ला र थर्मस सहित सम्मान गरिएको थियो। कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षता तथा एक सय ५ वर्षीय विष्णुकुमारी गौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
उक्त क्रममा बोल्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले ज्येष्ठ नागरिकलाई सबै माया र,सम्मान गर्नुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिननै पालिकाले सम्मानको कार्यक्रम गरेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकलाई प्रदान गरिने सेवालाई समेत सहज बनाउनुपर्ने नगर प्रमुख भुसालले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले ज्येष्ठ नागरिकहरुलाई जीवन खुसी र सहज हुने वातावरण सिर्जना गर्न समाज ,परिवार लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा अल्जाइमर रोगका बारेमा डा. प्रमोद भुसाल र ज्येष्ठ नागरिक सम्बन्धि कानुनको विषयमा अधिवक्ता भुपेन्द्र खनालले सहजीकरण गरेकाे महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा सहायक महिला विकास निरीक्षक रिता रिजालले बताउनुभयो ।
कावासोती नगरपालिकाको आयोजना तथा ज्येष्ठ नागरिक नगर संघ कावासोतीको समन्वयमा कार्यक्रम भएको हो। कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी , ज्येष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश