+
+
-- Sponsored Ad --

नवलपुरमा रक्सी खाएर झगडा गर्दा ५ महिने बालिकाको निधन

687 पटक हेरिएको
Clock २०७८ श्रावण ९, शनिबार १८:२०
-- Sponsored --

नवलपुर । पूर्वी नवलपरासीको मादक पदार्थ सेवन गरी भएको झगडामा परी ५ महिना बालिकाको निधन भएको छ ।

नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मितुङ बस्ने २६ बर्षीय कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा सोही स्थानका पदमबहादुर बाह्रघरेसँग झगडा गरेका थिए ।

सोही क्रममा कर्णबहादुर सारुले मामाकी ५ महिने छोरी धनमाया बाह्रघरेलाई उचाली पिँढीमा फाल्दा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

पिँढीमा फाल्दा घाइते भएकी बच्चाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा आइतबार साँझ निधन भएको हो ।

प्रहरीले कर्ण बहादुर सारुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको र बालिकाको शव पोष्टमाटर्मका लागि मध्यविन्दु जिल्ला अस्पताल कावासोती डण्डामा राखिएको प्रहरीले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win