+
+
-- Sponsored Ad --

मृत्यु भएकी महिला जीवितै रहेको भन्दै अस्पताल तोडफोड

378 पटक हेरिएको
Clock २०७८ श्रावण १७, आईतवार २२:४७
-- Sponsored --

उपचारका लागि वीरगन्जको लिंक रोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर पुर्‍याइएकी एक महिलालाई मृत घोषणा गरेपछि ती महिला जीवितै रहेको दाबी गर्दै आफन्तले चिकित्सक तथा स्वस्थ्यकर्मीमाथि हातपात गर्दै अस्पताल तोडफोड गरेका छन् । हातपात तथा अस्पताल तोडफोडमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका–२०, मनियारी, निवासी ३८ वर्षीय रमिता देवी अस्वस्थ्य भएपछि आइतबार बिहान करिब साढे ९ बजे आफन्तले उनलाई भवानी हस्पिटल लगेका थिए । सोही अस्पतालमा विगत केही समयदेखि उपचार गराइरहेकी मुटुरोगी ती महिलालाई अस्पताल पुर्‍याएको केही समयमा नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसपछि अन्तिम संस्कारका लागि शवलाई आफन्तले लगेका थिए । तर, अन्तिम संस्कारको कार्य गर्दै गर्दा महिलाको मुख चलेको र उनी जीवितै रहेको दाबी गर्दै आफन्तले पुनः अस्पताल फिर्ता लगेका थिए । अस्पतालका निर्देशक राम श्रेष्ठका अनुसार आफन्तले पुनः महिलालाई लिएर अस्पताल पुगेपछि चिकित्सकले उनको ईसीजी लगायतको जाँच गरेका थिए ।

आवश्यक जाँचपछि चिकित्सकहरुले महिलाको मृत्यु भइसकेको परिवारलाई जानकारी दिएको थियो । तर, आफन्तले भने जीवित महिलालाई मृत घोषणा गरेको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात गर्दै तोडफोड गर्न थालेका थिए । ‘आइतबार बिहान अस्पताल ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो,’ भवानी अस्पतालका निर्देशक श्रेष्ठले भने, ‘चिकित्सकले सबै जाँच गरी उनको मृत्यु भएको घोषणा गरे । दाहसंस्कारका लागि परिवारले शव पनि लिएर गएका थिए ।

अन्तिम संस्कार गर्दा मुख चलेको भन्दै फेरि महिलालाई अस्पताल ल्याइयो । त्यसपछि चिकित्सकहरुले जाँच गरी मृत नै रहेको जानकारी गराए । रमिताका श्रीमान लगायतका परिवारले यो कुरा सम्झे पनि सँगै आएको भीडले जीवित मान्छेलाई मृत घोषणा गरेको भन्दै तोडफोड सुरु गरी हाले । चिकित्सक र नर्समाथि कुटपिट गरे ।

अस्पतालका झ्याल फुटाले ।’ भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार भवानी अस्पतालमा तोडफोड गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win