0 प्रतिक्रिया
मनसुन कमजोर, अबको तीन चार दिन ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।
मनसुन कमजोर भएकाले देशका धेरै ठाउँमा घाम चर्किएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार आज केही पहाडी क्षेत्रमा बेलुकीपख हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
तर, धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने छ । अबको तीन चार दिन नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।
काठमाण्डौमा दिउँसो १, २ बजेपछि बदली हुने र बेलुकीपख हल्का पानी पर्ने अनुमान रहेको पनि मौसमविद्ले बताएका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



