+
+
-- Sponsored Ad --

मध्यविन्दुको मैनाघाटबाट जुवातास खेल्दै गरेका सात जना पक्राउ

422 पटक हेरिएको
Clock २०७८ भाद्र १२, शनिबार २०:५२
-- Sponsored --
दयाराम आचार्य ,मैनाघाट भदौ १२ ।। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जुवातास खेलीरहेका सात जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउसो मध्यविन्दु नगरपालिका १३ मैनाघाटबाट जुवातास खेलीरहेका ७ जनालाई पक्राउ गरेको हो ।
 
प्रहरीले मध्यविन्दु १३ का ३८ वर्षीय डोल बहादुर सारु, ४३ वर्षीय बल बहादुर सारु, ३५ वर्षीय विरेन्द्र थापा, ३६ वर्षीय सुर्य प्रसाद खनाल, ४० वर्षीय टुल बहादुर सारु, २८ वर्षीय यम सोमै र लमजुङ बेशिसहर ११ का ४२ वर्षीय सुवास बाबु पाण्डे पक्राउ परेका हुन् ।
 
उनिहरुको साथमा ५९ हजार ८९० रुपैँया समेत बरामद गरिएको सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win