दिपेन्द्र रेग्मी, असार २१, कावासोती ।
समाजलाई डोर्याउने उपयुक्त ज्ञान र सिप भएको जशक्ति नै विकासको महत्वपूर्ण पाटो हुने नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेले बताउनुभएको छ ।
विकास भन्ने वित्तिकै बाटोघाटो निर्माण वा भौतिक निर्माणलाई मान्ने गरिएको भन्दै उहाँले बनेका ति पूर्वाधारलाई प्रयोग गर्ने ज्ञान सिप भएको जनशक्ति उत्पादन हुनु पनि विकासको महत्वपूर्ण पाटो हुने बताउनुभएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवं राईट फर चिल्ड्रेनको सहकार्यमा भएको हुप्सेकोट गाउँपालिका स्तरिय सिकाई सामाग्रि प्रदर्शनि मेला प्रतियोगिता २०८२लाई सम्बोधन गर्दै प्र.जि.अ. पाण्डेले सो कुरा बताउनुभएको हो ।
उहाँले शिक्षामा वा जशक्तिमा लगानि गरेरै विभिन्न देशहरु विकसित बन्न सफल भएको उदाहरण प्रस्तुत गर्दै पालिका स्तरमा यस प्रकारको सिकाई सामाग्रि प्रदर्शनि मेला गरिनु उत्कृष्ट कार्य भएको बताउनुभएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना भएको एकदिने मेला पालिकाको २ स्थानमा एकैसाथ शुक्रबार सम्पन्न गरिएको हो ।
त्यस्तै मेलाको अवलोकन भ्रमणमा पुग्नुभएका शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख दिपेन्द्र श्रेष्ठले प्रदर्शित सामाग्रिहरु निक्कै नै उत्कृष्ट रहेको साथै विद्यालयहरुले कक्षा कोठामा विद्यार्थी सिकाईकोलागि प्रयोग गर्दै आएका यस्ता सामाग्रिले शैक्षिक नतिजामा पनि सुधार हुँदै गएको धारणा राख्नुभएको छ ।

2
प्रतियोगितामा प्रथम द्धित्तिय तृतिय र शान्त्वना हुने विद्यालयहरुलाई क्रमशः १५ हजार १० हजार ५ हजार र ३ हजार दिईने हुप्सेकोट शिक्षा शाखा प्रमुख माधव शर्माले जानकारी दिनुभयो ।
यद्यपि शुक्रबार नै सबैको मुल्याङ्कन रिजल्ट आउन नसकेकोले अर्को कुनै विषेश कार्यक्रम मार्फत विजयि टिम घोषणा गरिने साथै पुरस्कार रकम विद्यालयको खातामा जम्मा गरिने शिक्षा शाखा प्रमुख शमाको भनाई छ ।
उहाँले मौसम अनुकुल नहुँदा पालिकाको पहाडि भेगका विद्यालयहरु झ्यालबास सम्म आईपुग्न नसकेकोले हुप्सेकोट मा.वि. मौलाथरमा १२ विद्यालय र ज्वाला मा.वि. झ्यालबासमा २० विद्यालय गरि पालिकाका ३२ विद्यालयले विभिन्न सिकाई सामाग्रिहरु प्रस्तुत गरेको बताउनुभयो ।
पालिकाको आन्तरिक बजेटबाट नै सिकाई सामाग्रि मेला आयोजना गरिएको भन्दै उहाँले यसवर्ष शिक्षक आन्दोलनका कारण मेला आयोजना गर्न केहि ढिलाई भएको तर आगामि वर्षदेखि उपयुक्त समयमा सबैको सल्लाह सुझाव समेटेर मेलालाई निरन्तरता दिईने बताउनुभएको छ ।