मध्यविन्दुको मैनाघाटबाट जुवातास खेल्दै गरेका सात जना पक्राउ

दयाराम आचार्य ,मैनाघाट भदौ १२ ।। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जुवातास खेलीरहेका सात जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउसो मध्यविन्दु नगरपालिका १३ मैनाघाटबाट जुवातास खेलीरहेका ७ जनालाई पक्राउ गरेको हो ।
 
प्रहरीले मध्यविन्दु १३ का ३८ वर्षीय डोल बहादुर सारु, ४३ वर्षीय बल बहादुर सारु, ३५ वर्षीय विरेन्द्र थापा, ३६ वर्षीय सुर्य प्रसाद खनाल, ४० वर्षीय टुल बहादुर सारु, २८ वर्षीय यम सोमै र लमजुङ बेशिसहर ११ का ४२ वर्षीय सुवास बाबु पाण्डे पक्राउ परेका हुन् ।
 
उनिहरुको साथमा ५९ हजार ८९० रुपैँया समेत बरामद गरिएको सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *