+
+
-- Sponsored Ad --

कोरोना भाइरसको संक्रमण एकै दिन एक हजार ४८६ जनामा

362 पटक हेरिएको
Clock २०७८ भाद्र २८, सोमबार २३:१६

Ergin Yalcin/Getty Images

-- Sponsored --

कोरोना भाइरसको संक्रमण साेमबार आज एकै दिन एक हजार ४८६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनामा परीक्षण गर्दा एक हजार ४८६ जनामा संक्रमण देखिएको हो ।

नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २६ हजार ६३० जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ रहेका छन् । यस्तै संक्रमणबाट निको भई आज एक हजार २६० जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४० हजार ७१७ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९६५ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६९.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ । यस्तै ४७५ जना सघन उपचार कक्ष (आईसीयू), १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेसन, एक हजार ६७२ जना संस्थागत आइसोलेसन र २६२ जना क्वारेन्टिनमा रहेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win