+
+
-- Sponsored Ad --

बिरालोबारे १६ रोचक जानकारी

752 पटक हेरिएको
Clock २०७८ जेष्ठ १४, शुक्रबार १२:००
-- Sponsored --

बीबीसी । बिरालाहरूले मानवलाई खासै महत्त्व दिदैँनन् तर पनि बिरालाहरू गजब भन्ने शब्दको पर्याय ठानिन्छन्।

हामी उनीहरूसँग ९ हजार वर्षभन्दा पहिलादेखि सँगै बसिरहेका छौँ।

अधिकांश समय सुत्ने भएपनि उनीहरू विश्वकै सबैभन्दा लोकप्रिय घरपालुवा जन्तु पनि हुन्।

तर तपाईँलाई यिनीहरूबारे कति जानकारी छ?

उनीहरूका आश्चर्यमा पार्ने विशेषता यस्ता छन्।

उनीहरूले नियमित रूपमा इन्टरनेटलाई बिगारिदिन्छन्ः उनीहरुले मानवलाई खासै महत्त्व दिदैँनन्ः तैपनि उनीहरू गज्जब भन्ने शब्दको पर्याय ठानिन्छन्।

१. जब डिज्निल्याण्ड पार्कमा अँध्यारो हुन्छ, २०० वटा बिराला मुसा समाउन छाडिन्छन्।


२. बिरालोको समूहलाई क्लाउडर भनिन्छ।


३. बिरालोले आफ्नो पञ्जाबाट पसिना निकाल्छन्।

४. साधारणतया बिरालोहरू तीन पटक चाखेर चौथो पटकमा मात्रै ढुक्कसँग खान थाल्छन्।

५. सुतुवा बिरालो? औसतमा बिरालोहरू दिनको ७० प्रतिशत समय सुत्छन्।


६. उनीहरूको पिसाब अल्ट्राभायोलेट (पराबैजनी)किरण मुनि पर्‍यो भने चम्किन्छ।

७. घरमा पालिएका सबै बिरालोलाई पाँच मध्ये एक अफ्रिकी जङ्गली बिरालोको अवशेषसँग जोड्न सकिन्छ।

८. बिरालोले गुलियो स्वाद चाल पाउँदैनन्।

९. बिरालीको दाहिने पञ्जा र बिरालोको देब्रे पञ्जा बढी सक्रिय हुन्छ।

१०. बिरालीको कठालोमा हड्डी हुँदैन।

११. विश्वविख्यात वैज्ञानिक आइज्याक न्यूटनले ढोका सहितको बिरालो बस्ने फ्ल्याप आविस्कार गरेको हल्ला छ। तर थाहा भएको समयदेखि नै गोठ तथा घरहरूमा बिरालो बाहिर निस्कनका लागि ढोकाहरू रहेको देखिन्छ।

१२. बिरालोको कपालको लट्टाको प्राविधिक नाम ट्रिकोबिजोर हो। ग्रीक भाषामा ट्रिकको अर्थ कपाल हो।

१३. बिरालीलाई मोली वा महारानी पनि भन्ने गरिन्छ।

१४. बिरालोले समुद्रको पानी पनि पिउन सक्छन्। उनीहरूको मिर्गौलाले केहि जटिल काम गर्छन्, जसले नुनलाई पनि छानिदिन्छन्।


१५. मस्कोस्थित डच दूतावासमा सायामिज प्रजातीको घरपालुवा बिरालोले पर्खालमा चिथोरिरह्यो। थप अनुसन्धानपछि त्यहाँ जासुसहरूले माइक्रोफोन लुकाएर राखेको फेला परेको थियो।

१६. बिरालोका कारण विभिन्न ३३ वटा प्राजातिहरू लोप भएका छन् त्यसमा स्तनधारी प्राणी र चराहरू पनि छन्। उनीहरूलाई उपल्लो १०० अरूलाई जोखिममा पार्ने प्रजातिका रुपमा राखिएको छ।


खासमा हामी एकदमै बाठा प्रजतिसँग बसिरहेका छौँ जसले हामीलाई पञ्जाले हाम्रो अनुहारमा एक चोटी हानेर तिरिमिरी खेलाइ दिन सक्छन्। उनीहरूलाई पनि चिन्तित बनाउन सकिएको भए हुन्थ्यो तर त्यसो गर्न सकिँदैन।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win