+
+
-- Sponsored Ad --

श्रीमान् मृत भेटिए, श्रीमतीसहित चार पक्राउ

398 पटक हेरिएको
Clock २०७८ आश्विन ३१, आईतवार ११:३४
-- Sponsored --

श्रीमानको हत्या आरोपमा कैलालीमा श्रीमतीसहित चार जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का करिब २५ वर्षीय रमेश चौधरीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आइतबार बिहानै घरदेखि ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको  थियो।

शवको अवस्था हेर्दा हत्या गरिएको जस्तो देखिएपछि अनुसन्धानको लागि रमेशकी श्रीमतीसहित अन्य चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ।

पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन। घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win