श्रीमान् मृत भेटिए, श्रीमतीसहित चार पक्राउ

  • समाचार
  • २०७८ आश्विन ३१, आईतवार ११:३४

श्रीमानको हत्या आरोपमा कैलालीमा श्रीमतीसहित चार जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का करिब २५ वर्षीय रमेश चौधरीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आइतबार बिहानै घरदेखि ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको  थियो।

शवको अवस्था हेर्दा हत्या गरिएको जस्तो देखिएपछि अनुसन्धानको लागि रमेशकी श्रीमतीसहित अन्य चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।

उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ।

पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन। घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरूः

  • २०८१ पुष २५, बिहीबार २१:३३
  • 28 views
नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

विस्तृत.....

  • २०८१ पुष २४, बुधबार ०९:२९
  • 21 views
तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *