+
+
-- Sponsored Ad --

ओलीको भण्डाफोरमा लाग्नुहोस्, आवश्यक परे पद त्याग्ने साहस गर्नुपर्छ : माधव नेपाल

672 पटक हेरिएको
Clock २०७७ चैत्र ५, बिहीबार १२:०८
-- Sponsored --

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भण्डाफोर गर्नका लागि आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्। 

नेपाल-खनाल समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘ओलीविरुद्धको भण्डाफोरमा लाग्नुहोस्, आवश्यक परेको खण्डमा पद त्याग गर्नका लागि तयार रहनुहोस्।’ उनले आफू निकटका नेताहरुलाई आवश्यक परेको खण्डमा पद त्याग गर्नसमेत तयार रहन आग्रह गरेका छन्।  

‘कारवाही गर्ने कुरामा ओलीलाई सजिलो छैन। जनप्रतिनिधिले पार्टी त्याग गरेर अर्को पार्टीमा गएको खण्डमा मात्रै हटाउन पाउँछन्। नत्र कानुनी रुपमा सक्दैनन्’ उनले भने।  

उनले सबै आफ्ना नेता कार्यकर्तालाई जस्तोसुकै परिस्थितीको सामना गर्न तयार भएर बस्न निर्देशन दिए। ‘हामी तत्काल महाधिवेशनको कुरा गर्दैनौँ। हामी पार्टीलाई बलियो र जिवित बनाउनतिर लाग्छौँ’ उनले भने। 

उनले पार्टी विभाजनको पक्षमा नभएको समेत स्पष्ट पारे। उनले भने, ‘हामी विभाजनको पक्षमा छैनौँ, एकताकै पक्षमा छौँ। उहाँले निकाल्न खोजेपनि हामी अन्तिमसम्म लड्न तयार छौँ।’  

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win