+
+
-- Sponsored Ad --

हेटौंडामा बस दुर्घटना: २ को मृत्यु, ८ घाइते

418 पटक हेरिएको
Clock २०७८ कार्तिक २१, आईतवार ०८:१९
-- Sponsored --

कात्तिक २१, हेटौंडा ।। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरस्थित हेटौंडा उपमहानगर १९ मा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

गए राति भएको दुर्घटनामा आठ जना घाइते छन्।हेटौंडादेखि चितवनको भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको यात्रुबहाक बसले नेवारपानीमा देउसी भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको थियो।

दुर्घटनामा हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा २ को मृत्यु र ८ जना घाइते भएका छन्।

घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो। सात जना घाइते उपचारपछि अस्पतालबाट घर गइसकेका छन् भने एक जनाको उपचार जारी छ।

बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलिसकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।

 

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win