+
+
-- Sponsored Ad --

भरतपुरकाे मेयरमा सुवेदीलाई उम्मेद्वार बनाउने एमालेको निर्णय

583 पटक हेरिएको
Clock २०७८ चैत्र २७, आईतवार १८:१३
-- Sponsored --

भरतपुर । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

अघिल्लो पटक मेयरमा पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुबेदीको नाम टुंगो लागेको हो । ज्ञवाली चितवन एमालेका इन्चार्ज पनि हुनुहुन्छ ।

विजय सुबेदी बाग्मती प्रदेशसभा सदस्य समेत हुनुहुन्छ् । २०७४ सालमा भएको निर्वाचनमा उहाँले चितवन क्षेत्र नम्बर २ ‘ख’ बाट जित्नुभएको थियो ।

अष्टलक्ष्मी शाक्य छोटो समय बाग्मती प्रदेशको मुख्यमन्त्री हुँदा उहाँ सामाजिक विकास मन्त्री समेत बन्नुभएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win