+
+
-- Sponsored Ad --

पार्टीको आगामी नेतृत्व सहमतिमा निर्माण हुन्छः ईश्वर पोखरेल

348 पटक हेरिएको
Clock २०७८ मंसिर २, बिहीबार ०७:३४
-- Sponsored --

मंसिर २, काठमाडौं ।। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा निर्माण हुने बताएका छन्।

महासचिव पोखरेलले पार्टीको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानल नबन्ने दावीसमेत गरे। बुधबार काठमाडौंमा आयोजित ‘पार्टीको १० औं राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमूखिकरण’ कार्यक्रममा बोल्दै उनले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट नबाँड्ने बताए। 

उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि प्यानलको लिष्ट बाँडेर महाधिवेशनको निर्वाचनमा सामेल हुने पक्षमा आफूहरु नरहेको तर्क गरे। उनले एमालेले आफूले उठान गर्दै आएको समृद्धि र विकासको मुद्धालाई निर्णायक ठाउँमा पुर्याउने गरी महाधिवेशनलाई भव्यताका साथ सफल बनाउने दावीसमेत गरे।

महासचिव पोखरेलले चितवनमा हुने सो महाधिवेशनमा लाखौंको संख्यामा जनसहभागिता हुने दावीसमेत गरे । उनले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई आह्वानसमेत गरे।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win