+
+
-- Sponsored Ad --

प्रधानन्यायाधीशविरूद्ध नेपाल बारद्वारा आन्दोलनका थप कार्यक्रम घाेषणा

344 पटक हेरिएको
Clock २०७८ मंसिर १, बुधबार ०७:३१
-- Sponsored --

मंसिर १, काठमाडौं ।। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ। मंगलबार साँझ बसेको नेपाल बार एसोसियसनको कार्यसमितिको बैठकले आगामी शुक्रबार सम्मलाई आन्दोलनको कार्यक्रम थप गरेको हो। 

आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। मंसिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको राजीनामा नआए केन्द्रिय प्रतिनिधि पठाएर उच्चअदालतहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। 

यस्तै नेपाल बारले प्रधानन्यायाधीश बिना संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। 

यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिलेसम्म गरेका विवादित फैसला सम्बन्धि कागजपत्र संकलन गरि अध्ययन गर्ने निर्णय गरेको छ।

नेपाल बारले आन्दोलनमा कालोकोट लगाएका राजनैतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ। यस प्रकारको भ्रामक समाचारको विश्वाश नगर्न आग्रह गरेको छ साथै सर्वोच्च अदालत र नेपाल बारको परिशरमा अर्ध सैनिकबल प्रवेश गराई विरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा गर्ने निर्णय गरेको छ। 

नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्यायाधीश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ। 

यस्तै न्यायपरिषद र न्यायसेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन नेपाल बार एसोसियसनले अनुरोध गर्ने निर्णय गरेको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win