+
+
-- Sponsored Ad --

१५ मंसिरबाट गोलाप्रथा लागू गर्ने सर्वाेच्च अदालतको तयारी

305 पटक हेरिएको
Clock २०७८ मंसिर ८, बुधबार २०:२५
-- Sponsored --

मंसिर ८, काठमाडौं ।। सर्वाेच्च अदालतले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ। यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ। 

गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरबाट लागू गर्ने निर्णय गर्ने तयारी गरेको हो। 

गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए।

नेपाल बार एसोसीएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए। तर, गोलाप्रथा लागू गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win