+
+
-- Sponsored Ad --

नेकपा (एमाले)को १०औं महाधिवेशन : निर्वाचनसम्बन्धी प्रक्रिया आज बिहानदेखि सुरू हुँदै

558 पटक हेरिएको
Clock २०७८ मंसिर १३, सोमबार ०७:३३
-- Sponsored --

मंसिर १३, चितवन ।। नेकपा (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया सोमबार बिहानसम्मका लागि स्थगित गरिएको छ। उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ।

यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया आइतबार पूरा गरी राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

आयोगले कार्यतालिका संशोधन पनि गरेको छ। आज राति ९ बजेबाट मतदान भई मंगलबार ३ बजेसम्म जारी रहनेछ। 

निर्वाचन सम्बन्धी प्रक्रिया स्थगित गरेपछि अध्यक्षका दाबेदार डा. भीम रावलले आइतबार मनोनयन दर्ता गराउन सकेनन् । अब उनले आज मनोनयन दर्ता गराउनु पर्नेछ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win