अरुणखोलाका ७८ वर्षका बृद्द हराएपछि परिवार चिन्तामा ।

  • समाचार
  • २०७८ भाद्र २१, सोमबार २२:००
२१ भदौ नवलपुर ।। नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका १० अरुणखोलाका ७८ वर्षका बृद्द कावासोतीबाट हराएका छन।सोमबार कावासोतीको मालपोत कार्यालयमा काम विशेषले परिवारसँग आएका निलकण्ठ पाठक दिउँसो करिब २ बजेदेखि सम्पर्क बिहिन भएको परिवारले जनाएका छन।
मानसिक समस्या भएका उहाँले कसैले सोधेमा आफ्नो नाम र ठेगाना मात्र बताउन सक्ने तर अन्य दोहोरो कुराहरु गर्न नसक्ने उहाका छोरा गोपाल पाठकले बताएका छन।
सामन्य जानकारी अनुसार उहाँ मालपोत कार्यालयबाट दिउँसो करिब २ बजेतिर पश्चिम दिशा तर्फ लाग्नु भएको स्थानीयले बताएपनी सबैतिर खोज्दा पनि अहिले सम्म उहाँ सम्पर्क बिहिन भएको हुदा कसैले कहि कतै देखेमा छोरा गोपालको मोबाईल नम्बर ९८६९११९२३२ वा ९८६७१३४१७८ मा सम्पर्क गरिदिनु हुन अथवा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन पारिवारले अनुरोध गरेका छन।
दौरासुरुवाल ढाका टोपी चप्पल लगाउनु भएको उहाँले सबैकुरा व्यक्त गर्न नसक्ने भएपछि प्रहरीलाई खबर गरिसकिएको तर अहिलेसम्म पनि फेला नपरेको हुनाले परिवारले चिन्ता व्यक्त गरेका छन।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *