+
+
-- Sponsored Ad --

अरुणखोलाका ७८ वर्षका बृद्द हराएपछि परिवार चिन्तामा ।

455 पटक हेरिएको
Clock २०७८ भाद्र २१, सोमबार २२:००
-- Sponsored --
२१ भदौ नवलपुर ।। नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका १० अरुणखोलाका ७८ वर्षका बृद्द कावासोतीबाट हराएका छन।सोमबार कावासोतीको मालपोत कार्यालयमा काम विशेषले परिवारसँग आएका निलकण्ठ पाठक दिउँसो करिब २ बजेदेखि सम्पर्क बिहिन भएको परिवारले जनाएका छन।
मानसिक समस्या भएका उहाँले कसैले सोधेमा आफ्नो नाम र ठेगाना मात्र बताउन सक्ने तर अन्य दोहोरो कुराहरु गर्न नसक्ने उहाका छोरा गोपाल पाठकले बताएका छन।
सामन्य जानकारी अनुसार उहाँ मालपोत कार्यालयबाट दिउँसो करिब २ बजेतिर पश्चिम दिशा तर्फ लाग्नु भएको स्थानीयले बताएपनी सबैतिर खोज्दा पनि अहिले सम्म उहाँ सम्पर्क बिहिन भएको हुदा कसैले कहि कतै देखेमा छोरा गोपालको मोबाईल नम्बर ९८६९११९२३२ वा ९८६७१३४१७८ मा सम्पर्क गरिदिनु हुन अथवा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन पारिवारले अनुरोध गरेका छन।
दौरासुरुवाल ढाका टोपी चप्पल लगाउनु भएको उहाँले सबैकुरा व्यक्त गर्न नसक्ने भएपछि प्रहरीलाई खबर गरिसकिएको तर अहिलेसम्म पनि फेला नपरेको हुनाले परिवारले चिन्ता व्यक्त गरेका छन।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win