+
+
-- Sponsored Ad --

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु: भीम रावल

400 पटक हेरिएको
Clock २०७८ पुष ३, शनिबार ०८:४६
-- Sponsored --

एन सञ्चार, पौष ३, काठमाडौं ।। नेकपा (एमाले)का नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन्।

तर, कसैले पाखा लगाउन खोजेमा भने त्यसको परिणाम राम्रो नहुने उनले चेतावनी दिए। रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे।

यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए। उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए। लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको रावलले आराेप लगाए।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×

छुटाउनुभयो कि ?

१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले तीन वर्षसँगै रहँदा आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरैर लैजान सकिने अनुभव पनि आफूले प्राप्त गरेको उनले बताए । ‘एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ प्रचण्डको भनाइ छ, ‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’ प्रचण्डले एमालेभित्र केपी ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डोर्‍याउन सकिने प्रचण्डको भनाइ छ । ‘एमालेभित्र केपी ओली प्रवृत्तिको नेतृत्व हुँदा विद्रोह गर्नुपर्यो,’ उनको भनाइ छ, ‘त्यो नेतृत्व नहुने हो भने अरु हजारौंलाई समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ । एमाले भित्रका हजारौं नेता र कार्यकर्ताको नेतृत्व गर्न सकिन्छ ।’ माओवादी अध्यक्ष प्रचण्डले सबै माओवादीबीच एकता आवश्यक रहेको पनि बताए ।

🎡 Spin & Win