धुम्बाराहीमा ज्ञानेन्द्रको हस्तक्षेपबारे छानविन समिति बनाउन माग, एमसीसी कुनै पनि हालतमा पास गर्न दिँदैनौं : सिपी गजुरेल, राष्ट्रकवि घिमिरेको मुखाकृति अंकित हुलाक टिकट प्रकाशित
१. एमसीसी कुनै पनि हालतमा पास गर्न दिँदैनौं : सिपी गजुरेल
२२ मंसिर, काठमाडौं ।। मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताउछन् । उनले एमसीसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए । उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताएका छन् ।
नेता गजुरेलले अहिले एमसीसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए । उनले एमसीसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारेका थिए ।
नेता गजुरेलले क्रान्तिकारी आन्दोलनबाट नै जनतालाई चेतना दिँदै अघि बढेर एमसीसी पास हुन नदिने बताए । उनले एमसीसीका कारण देशमा अस्थिरता पैदा भएको भन्दै शक्ति सन्तुलनमा पश्चागामी शक्ति हाबी भए पश्चागमन हुन सक्ने बताएका छन् ।
२. विचार मिल्नेहरुसँग एकता गर्ने राप्रपाको निर्णय
एकता महाधिवेशनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकले विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार बसेको राप्रपाको बैठकले विभिन्न ९ निर्णय गरेको छ।
बैठकले समान विचारधारा भएका व्यक्ति ,समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं संवादका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा समितिसमेत गठन गरेको छ । उक्त समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको राप्रपाले जनाएको छ।
राप्रपाले आगामी स्थानीय तह निर्वाचन परिचालनका लागि समिति गठन गरेको छ। महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र डा गीताभक्त जोशी सदस्यसचिव रहेको स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको गरिएको राप्रपाले जनाएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति बनाइएको गठन गरिएको राप्रपाले जनाएको छ।
३. सभापतिको साझा उम्मेद्वार तय गर्न चाक्सीबारीमा संस्थापनइतर समूह छलफलमा
सभापतिको साझा उम्मेद्वार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ। बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको संस्थापनइतर समूहको छलफल विना निष्कर्ष सकिएको थियो।
नेता प्रकाशमान सिंहको निवासमा जारी बैठबकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा।शेखर कोइराला, डा।रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन्।
बैठकले आजै सभापतिको साझा उम्मेद्वार तय गर्ने नेताहरूले जानकारी दिएका छन्। इतर समूहबाट सभापतिमा पौडेल, सिंह र कोइरालाद्वय आकांक्षी छन्।
४. ओमिक्रोन बढेसँगै भारतमा कोभिडको तेस्रो कहर सुरु हुने विज्ञहरुको चेतावनी
भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको र यसका कारण अागामी वर्षको फेब्रुवरीसम्म तेस्रो लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक महिन्द्र अग्रवालले अागामी फेब्रुवरीसम्म दैनिक कोभिड संक्रमितको संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।
भारत सामान्य अवस्थामा फर्किरहेका बेला अोमिक्रोनका बिरामी देखिनु ठूलो धक्का हो । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्रो लहरको जोखिममा पर्नेछौं , अग्रवालले भने ।
अोमिक्रोन भेरयन्ट डेल्टाजस्तो खतरा नभएको पनि उनले बताए । अोमिक्रोन चाँडै सर्ने भए पनि जोखिम भने कम भएको उनको भनाइ छ ।
त्यस्तै,भारतीय मेडिकल एसोसियसन ९आईएमए० ले नयाँ भेरियन्टसँगै भारतमा तेस्रो लहर अाउने चेतावनी दिएको छ । तर, दोस्रो लहर जस्तो तेस्रो लहर घातक नहुने आईएमएले जनाएको छ ।
भारतमा २१ जनामा अोमिक्रोन भेरियन्ट देखिएको छ । राजस्थानमा नौ, महाराष्ट्रमा अाठ, कर्नाटकमा दुई जनामा, गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दक्षिण कोरियाबाट अाएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो ।
अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्रोन देखिएको छ ।
५. हेलिकप्टर दुर्घटनामा भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतको निधन
भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतको निधन भएको छ ।
तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा जनरल रावत र उहाँकी पत्नी मधुलिकाको निधन भएको हो ।
भारतीय वायु सेनाले ट्वीट गर्दै यसको जानकारी दिएको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको ज्यान गएको हो । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो ।
भारतीय वायु सेनाका अनुसार यो एमआई(१७बी ५ हेलिकप्टर थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ ।
रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसो नै बिपिन रावतको घर पुगेर उहाँको परिवारसँग भेट गर्नुभएको थियो । त्यसपछि सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पनि बिपिन रावतको घु पुग्नुभएको थियो ।
जनरल रावत सन् २०२० को जनवरी १ मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त हुनुभएको थियो ।
यो हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउनका लागि जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ ।
६. हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा सकियो
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधवार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको ५३ औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल गरेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो । मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो ।
पुलिस क्लबले भने खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो । खेलको ६० औँ मिनेटमा रवि पासवानको पासमा सुमन लामाले झन्डै सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो ।
यो बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ । अङ्क तालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ । त्यस्तै हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ । हिमालयन शेर्पा लिगको १२ औँ स्थानमा छ ।
७. खातामा पैसा नहुँदा पनि तीन करोड चार लाख रुपैयाँको चेक दिने व्यक्ति पक्राउ
बैंक खातामा पैसा नहुँदा पनि तीन करोड चार लाख रुपैयाँको चेक दिएर ठगी गरेको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् ।
जग्गा प्लानिङ गर्न तथा अन्य विभिन्न प्रयोजनको लागि भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको तर खातामा पैसा नभएको चेक दिने लमजुङ घर भएका सन्दीपकुमार गुरुङलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो । उनले आफू बेलायती सेनाबाट अवकाश पाएको व्यक्ति भएको तथा महाराजगञ्जमा ब्युटी पार्लर रहेको र अब जग्गा प्लानिङ गर्ने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएका थिए । तर आफ्नो बैंक खातामा पैसा नभए पनि तीन करोड ४ लाख रुपैयाँको चेक दिएर फरार भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सन्दीप गुरुङले अरु व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८. राष्ट्रकवि घिमिरेको मुखाकृति अंकित हुलाक टिकट प्रकाशित
राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मुखाकृति अंकित हुलाक टिकट प्रकाशन गरिएको छ ।
राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पुर्याउन दिएको अतुलनीय योगदानको उच्च कदर गर्दै बिहीवार सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुलाक टिकटमा टाँचा प्रदान गरे ।
विक्रम संवत् १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा बुवा गौरीशंकर उपाध्याय घिमिरे तथा आमा द्रौपदीदेवी घिमिरेको कोखबाट जन्मिएका राष्ट्रकवि घिमिरेको २०७७ भदौ २ गते निधन भएको थियो ।
राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यबमोजिम हुलाक सेवा विभागबाट १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट छपाइ भई परीक्षण र प्रकाशनको तयारीमा रहँदारहँदै गत भदौ २ गते स्वर्गारोहण भएको थियो । स्वर्गारोहण भए पनि विभागले राष्ट्रपति घिमिरेको उच्च सम्मान गर्दै टिकट प्रकाशनमा ल्याएको जानकारी दिए ।
नेपाली साहित्यको स्वच्छन्दतावादी भावधारा तथा परिष्कारवादी शैलीका काव्य, खण्डकाव्य, गीतिकाव्य, गीतिनाटक, बालसाहित्य तथा अनुवादको उच्चस्तरीय एवं बहुसंख्यक अतुलनीय साहित्यिक कृतिको सिर्जनाद्वारा नेपाली साहित्यको श्रीवृद्धिमा अनवरत योगदान गरेका घिमिरे राष्ट्रप्रमुखबाट २०६० असोज ८ गते राष्ट्रकविको उपाधिद्वारा सम्मानित भएका थिए ।
९. धुम्बाराहीमा ज्ञानेन्द्रको हस्तक्षेपबारे छानविन समिति बनाउन माग
यसै साता सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयबाट भएको हस्तक्षेपबारे छानविन हुनुपर्ने माग सो पार्टीका नेताहरुले अघि सारेका छन् । महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकमा बुधबार यस्तो माग उठेको हो ।
अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा बोल्दै केही युवाले निर्मल निवासबाट भएको हस्तक्षेपबारे पार्टीले छानविन कमिटी बनाउनुपर्ने माग गरे । यसरी छानविनको माग गर्नेहरुमा कमल थापा पक्षका केन्द्रीय सदस्यहरु विजय खड्का, राजाराम बर्तौला, शशी सिलवाल, रीता माझी, केदार कोइराला, दीपक मल्ल, जमुना थापा, राधेश्याम साह लगायत थिए । उनीहरुले महाधिवेशनमा भएको हस्तक्षेपबारे छानविन समिति बनाउन पार्टी बैठकमा एक स्वरले माग गरे ।
महाधिवेशनपछिको पहिलो बैठकको एजेण्डा परिचयात्मक कार्यक्रम गर्ने मात्रै रहेकोमा थापा पक्षीय नेताहरुले बोल्ने क्रममा छानविन समिति बनाउन सामुहिक रुपमा माग गरेका हुन् । केन्द्रीय सदस्यहरुको मागबारे बोल्दै अध्यक्ष लिङदेनले राप्रपाले जुन सिद्धान्त र मान्यता बोकेको छ, त्यसअनुसार राजाका विषयमा छानविन गर्न नसकिने आशयको जवाफ दिए । अरु कुनै कमी कमजोरीहरु रहेको भए त्यसलाई सच्याएर सबैसँग मिलेर अघि बढ्न आफू तयार रहेको अध्यक्ष लिङदेनले बैठकमा बताए ।
बुधबारको केन्द्रीय कमिटी बैठकमा कमल थापा उपस्थित थिएनन् । उनी बस्ने कुर्सीसमेत खाली राखेर बैठक सञ्चालन गरिएको थियो । निवर्तमान अध्यक्ष थापा महाधिवेशनमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे स्पष्ट छानविन नभएसम्म आफू बैठकमा सहभागी नहुने अडानमा छन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको