बच्चाहरू आफ्नो शारीरिक समस्या बताउन सक्दैनन्, तर केही संकेत भने दिन्छन् । त्यही संकेतलाई याद गरेर बच्चाको समस्या पत्ता लगाउन सकिन्छ ।

बच्चाले समस्या हुँदा देखाउने विभिन्न संकेतमध्ये एउटा संकेत दूध नपिउनु हो । यदि बच्चाले दूध पिइरहेको छैन भने यसलाई हल्का रूपमा लिनु हुँदैन । यसका पछाडि धेरै कारण हुनसक्छन्, जुन बच्चाको स्वास्थ्यसँग सम्बन्धित हुनसक्छ ।

सास फेर्न गाह्रो हुनुः

यदि बच्चालाई सास फेर्न समस्या छ भने उसले दूध पिउन सक्दैन । यदि बच्चाले दूध पिउन कोसिस गर्छ भने उसलाई छातीमा दबाब महसुस हुन्छ र सास फेर्न समस्या हुन्छ । यस्तो अवस्थामा बच्चा रुन थाल्छ ।

पेट दुख्नेः

पेट दुख्ने समस्यामा पनि दूध शिशुले पिउन छोड्छन् । बच्चाको पेट हल्का थिच्ने प्रयास गर्दा ऊ रोयो भने बच्चाको पेट दुखेको छ भनेर बुझ्नुपर्छ ।

ज्वरो आउनुः

यदि बच्चालाई ज्वरो आएको छ,  शरीरमा दुखाइ छ भने वा उसको शरीर थाकेको र दूध पिउँदा धेरै ऊर्जा खर्च गर्न नसक्ने भएकाले उसले दूध पिउन छोड्छ ।

एलर्जीः

यदि बच्चालाई कुनै कारणले एलर्जी छ भने उसले दूध पिउन अस्वीकार गर्छ । एलर्जीका कारण बच्चालाई बान्ता पनि हुनसक्छ । यदि बच्चालाई थाकेको छ भने पनि उसले दूध पिउन अस्वीकार गर्न सक्छ ।

भोक नलागेरः

धेरै पटक हामीले बच्चालाई धेरै खुवाउने गर्छौं । यसकारण पनि बच्चाले दूध पिउन मन गर्दैन । यदि बच्चाको पेट भरिएको छ भने उसलाई जबर्जस्ती दूध खुवाउनु हुँदैन । यसले बच्चामा पेट दुख्ने वा बान्ता हुनसक्छ ।

दुखाइः

यदि बच्चाको कान वा शरीरको अन्य कुनै भाग दुखिरहेको छ भने उसले दूध पिउन सक्दैन । दुखाइको कारण बच्चाहरूले असहज महसुस गर्छन् र दूध पिउँदैनन् ।

अन्य कारणः

– दूधको तीव्र बहावका कारण बच्चाले पनि दूध पिउन छोड्छ । यस्तो अवस्थामा बच्चालाई दूध पिउन समस्या हुन्छ ।

– बच्चाले दूध पिउन मानी रहेको छैन भने उसको मुखमा घाँटीमा संक्रमण पनि भएको हुनसक्छ । मुखमा घाँटीमा संक्रमण हुँदा बच्चाले दूध पिउन मान्दैन र रुने गर्छ ।

– कहिलेकाहीं आमाले केही औषधि वा खाना खाँदा बच्चालाई एलर्जी हुन्छ । जसकारण बच्चाले आमाको दूध पिउन पनि छाड्छ ।

धेरैजसो बच्चाले स्तनपान गर्न केही समय अस्वीकार गर्छन् । थोरै प्रयासपछि बच्चाले स्तनपानमा रुचि देखाउन थाल्छ । तर कतिपय बच्चा जति कोसिस गर्दा पनि स्तनपान गर्न मान्दैनन् । यस्तो अवस्थामा बच्चाले स्तनपान गर्न नचाहनुको कारण के हो भनेर पत्ता लगाउनुपर्ने हुन्छ । त्यसको लागि अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।