+
+
-- Sponsored Ad --

नेपाली सेनाले कर्मचारीलाई ३.३२ प्रतिशत ब्याजमा २५ लाखसम्मको आवास कर्जा दिने

442 पटक हेरिएको
Clock २०७८ पुष ८, बिहीबार ०७:३९
-- Sponsored --

एन सञ्चार, पौष ८, काठमाडौं ।।

नेपाली सेनाले न्‍यूनतम १० वर्ष सेवा गरेका कर्मचारीलाई  घर निर्माणका लागि सहुलियत दरमा ऋण दिने भएको छ। बुधबार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्‍यालय जङ्गी अड्डामा उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन्।

सैनिक सेवामा १० वर्ष पूरा गरेका तर आफू र श्रीमान् वा श्रीमतीको नाममा घर नरहेका सैनिक कर्मचारीलाई ३.३२ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको आवास कर्जा दिने सेनाले जनाएको छ।

यो सुविधा अन्तर्गत हालसम्‍म २० जनाले निवेदन दिइसकेको र त्‍यसमध्‍ये ७ जनाको प्रक्रिया पूरा भई बैंकमा सिफारिस भइसकेको सेनाले विज्ञप्तिमार्फत जनाएको छ।

सहुलियत कर्जा स्वीकृत भएपछि धितो मूल्यांकनको आधारमा सैनिक कर्मचारीले घर खरीद गर्न एकमुष्ट र घर बनाउन पहिलो किस्तामा ४० तथा दोस्रो र तेस्रो किस्ता ३०-३० प्रतिशत रकम पाउनेछन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win