+
+
-- Sponsored Ad --

३६ लाख मुल्य बराबरको अवैध ब्याट्री बोकेको ट्रक सहित तीनजना नवलपुरमा पक्राउ

566 पटक हेरिएको
Clock २०७८ पुष १३, मंगलवार १८:४९
-- Sponsored --

नवलपुर । नवलपुरमा अवैध ब्याट्री बाकेको मालबाहक ट्रक सहित तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । पुर्वबाट पश्चिम जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख १५५२ नं. को ट्रकमा अवैध रुपमा लैँजादै गरिएको २४.१६० टन (पुराना कागजात नभएका ) ब्याट्री सहित तीनजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका वडा नं. २ का बर्ष २७ का प्रमोद राय, रौतहट परौवा नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४७ का निरज कुमार जैसवाल र सर्लाही मलङ्गवा नगरपालिका वडा नं. २ बस्ने बर्ष १८ का आकाश कुमार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

पक्राउ परेका अबैध व्याट्रीहरुको बजारमुल्य करिव २४ लाख ३६ हजार बराबरको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कार्वाहीको लागी ट्रक सहित राजश्व अनुसन्धान कार्यालय वुटवल रुपन्देही पठाईएको छ ।

 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win