सल्यानमा घरभित्रै मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा आमा पक्राउ

२४ पुस, काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा मृत भेटिएका दिदीबहिनीको हत्या आशंकामा प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेकी थिइन् ।

लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो ।

‘अहिले घटनास्थलमै छौं । दुईवटा नानीहरू मृत अवस्थामा छन् । हामीले आमालाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतले भने, ‘शंका आमालाई नै बढी गरेका छौं । आमा नै घरमा भएकाले अनुसन्धान आमाबाटै सुरु गर्दैछौं ।’

मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको गरेका थिए ।

इन्सपेक्टर बस्नेतका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका रहेछन् ।

घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए । अनलाइनखबर

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:४३
    • 7 views
    नमूना सदरमुकाममा १२ वटा संघीय कार्यालयको निर्माण सुरु गरिने

    कावासोती । नवलपुर जिल्ला सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकता अनुसार परिमार्जन गर्न गठित समितिको सोमबार बसेको छैठौ बैठकले १२ वटा संघीय सरकारी कार्यालय भवनको निर्माण कार्य अगाडि बढाउने…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार ११:१८
    • 51 views
    सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुने

    कावासोती । बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्ग छिचोल्ने अन्तिम कार्य (ब्रेक थ्रु) प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको माघ ११ गते ‘ब्रेक थ्रु’ हुन लागेको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *