+
+
-- Sponsored Ad --

काठमाडौंसहित प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित ठुलो पानी पर्ने संभावना ।

605 पटक हेरिएको
Clock २०७८ श्रावण ३२, सोमबार ०९:५२
-- Sponsored --

काठमाडौं । हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्य देखी पूर्ण बदली रहेको हनेछ।

आज देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज सामान्य बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --
×
🎡 Spin & Win