+
+
-- Sponsored Ad --

कावासोतीका अटोचालकको शंकास्पद अवस्थामा लास भेटियो ।

1,539 पटक हेरिएको
Clock २०७८ माघ १८, मंगलवार १४:०६
-- Sponsored --

नवलपुर :  नवलपुरको कावासोती नगरपालीका १३ वस्ने एक पुरुषको सव शंकास्पद अवस्थामा भेटिएको छ ।
कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीको निर्ममपुर्वक हत्या गरि गाडिएको अवस्थामा मंगलवार विहान घर नजिकैको खेतमा शव फेला परेको हो ।

ना २ ह ६१७३ नम्बरको अटो चालक समेत रहेको गिरिको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गिरीको शव कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा मंगलबार विहान फेला परेको थियो ।

सोमवार राति केही व्यक्तिहरु अटो खोज्दै आएको र उनिहरुलाइ लिएर गएकोमा, एकाविहानै खोजतलास गर्ने क्रममा गिरिको सव फेला परेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

मृतकको अनुहारमा चोट लागेको, घटना स्थलदेखि केही पर बाटोमा अटो भेटिएको, घटना स्थल वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको साथै घटना वारे थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win