+
+
-- Sponsored Ad --

अमेरिकी राष्ट्रपति बाइडनमाथि रुसकाे प्रतिबन्ध

466 पटक हेरिएको
Clock २०७८ चैत्र २, बुधबार १०:३९
-- Sponsored --

२ चैत, काठमाडौं । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकारी दिएको हो ।

राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिकामाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

अमेरिका र पश्चिमा देशहरुले केही रुसी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win