0 प्रतिक्रिया
तेह्रथुममा ३६ कैदीबन्दीले कारगारमा नै मतदान गर्न पाउने
तेह्रथुम । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तेह्रथुमका कैदीबन्दीले कारगारमा नै रहेको मतदान स्थलबाट मतदान गर्न पाउने भएका छन् । विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्ये ३६ जनाले निर्वाचनमा मतदान गर्न पाउने छन् ।
कारागारमा ८० पुरुष र ४ महिला गरी जम्मा ८४ जना कैदीबन्दी रहेको तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बुले बताउनुभयो । उनीहरुमध्ये ३६ जनाले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका सूचना अधिकारी दिपक भण्डारीले जानकारी दिनुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



