+
+
-- Sponsored Ad --

केशव स्थापितको बचाउ गर्दै ओलीले भने : चुनाव आयो कि मिटू !

389 पटक हेरिएको
Clock २०७९ बैशाख १५, बिहीबार १९:०७
-- Sponsored --

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोपमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितको बचाउ गरेका छन् ।

एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौंको मेयरमा अनुभवी र उत्साह कायम रहेका स्थापितलाई अघि सारेको बताए । तर चुनावका बेला अनेक मुद्दा उठाइने भन्दै उनले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा ।’

‘मिटू ! मिटूको केही जवाफ हुन्छ ? मिटू ! कतिबेला आउँछभन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ? हामी यस्ता कुराहरुमा होइन, महान उेद्दश्यतर्फ अघि बढेका छौं’ उनले भने ।

एमाले अध्यक्ष ओलीले महिलाहरुको अस्मिताको रक्षा, महिला अधिकार र सुरक्षाको सम्मानमा एमाले जति सजग अरु कोही नभएको दाबी समेत गरेका छन् ।

कांग्रेसको चुनावी घोषणापत्रको आलोचना गर्दै उनले एमालेको आलोचना र आफूमाथि असभ्य गाली मात्र भएको बताए ।

लद्दु विद्यार्थीले जाँचमा चोरे जसरी आफ्नो घोषणापत्रका केही उतार गरेको भन्दै ओलीले भने, ‘त्यस्तो घोषणापत्र र उम्मेदवार बोकेर कांग्रेस ….. कांग्रेसकै छ होइन यहाँ मेयरको एक जना उम्मेदवार त ? कहाँ उठाउँछ, कहाँ उठाउँदैन आजकल त पत्तै हुन्न ! कतै एस पार्टी उठाएको छ, कतै नो पार्टी उठाएको छ । अहिले के मा भोट हाल्छ, कहिले के मा भोट हाल्छ ।’

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win