अधिबेशनको एक सातामा गैंडाकोट एमाले कमिटीमा लामिछाने

नवलपुर, कार्तिक १७ । अधिबेशन सुरु भएको एक सातामा एमालेको गैंडाकोट नगरपालिका कमिटी बनेको छ । ११ कार्तिकमा उद्घाटन सत्र सम्पन्न गर्दै बन्द सत्रमा प्रवेश गरेको अधिबेशन प्रक्रिया सहमतिमा नेतृत्व नबन्दा एक साता लगाउँदा पनि सर्वसम्मत नभएपछि चुनाव भएको हो । अध्यक्ष र सह सचिव पदमा सहमति नभएपछि आज बुधबार भएको निर्वाचनले नगर कमिटि निर्वाचित गर्यो । 

१ अध्यक्षका लागि २ जना र २ सह सचिवका लागि ५ जनाको  दावी रहेपछि निर्वाचन मण्डलले कमिटि गठन प्रक्रियालाई निर्वाचनमा लगेको हो । 

मतगणनाको परिणाम अनुसार अध्यक्षमा षडानन्द लामिछाने निर्वाचित भएका छन् । लामिछानेले २ सय २९ मत प्राप्त गर्दा प्रत्यासी गिरीराज उपाध्यायले १ सय ८८ मत पाएका छन् । अध्यक्षमा ४१ मत अन्तर परेको हो ।  

यस्तै, सह सचिवमा श्रीराम सुवेदी र कोकिसरा राना मगर विजयी भएका छन् । सह–सचिवमा निर्वाचित द्वयले क्रमसः २ सय ३१ र १ सय ७६ मत ल्याए । सह सचिवमा ५ जना चुनावी मोर्चामा होमिएकामा तीन जना प्रत्यासी बने । सह सचिवका उम्मेदवार ख्यामनारायण लम्सालले १ सय ३२, नरबहादुर थापाले १ सय २१ र विमल शर्माले १ सय २० मत प्राप्त गरेका छन् । 

७५ सदस्यीय नगर कमिटिमा उपाध्यक्ष र सचिव सहित सवै सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा नवराज कंडेल र सचिवमा जगन्नाथ पौडेल अन्तिम अवस्थामा सर्वसम्मत भएका हुन् । 
हिजो मंगलवार निर्वाचन तालिका प्रकासित भएपछि राती अवेर सचिवमा पौडेललाई र आज बिहान कंडेललाई उपाध्यक्षमा सहमति भएको हो । 

कुल ४ सय ५६ मतदाता प्रतिनिधि रहेकामा ४ सय ३८ मत खसेको निर्वाचन समितिले जनाएको छ । 
निर्वाचित नगर कमिटिलाई तिहारपछि पद तथा गोपनियताको सपथ ग्रहण गराईने एमाले गैंडाकोटले जनाएको छ । 

पार्टीले गुटरहित अधिबेशन सम्पन्न गरेको दावी गरे पनि गैंडाकोटमा एमालेका पूर्व नेता माधव नेपाल निकटका लामिछाने अध्यक्ष बनेका छन् । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद भंग गरेपछि प्रतिगामी कदम भन्दै सडक संघर्षमा देखिएका लामिछाने पार्टी विभाजनपछि एमालेमै रहेका हुन् । लामिछानेलाई पुनः नगर अध्यक्षमा दोहोरिने मौका जुरेको छ । लामिछानेकै कार्यकालमा एमालेको स्थिति कमजोर मानिएको गैंडाकोट नगरपालिकामा मेयरमा एमालेका छत्रराज पौडेल निर्वाचित भएका हुन् । नवलपुर एफ एम ।।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *