जिप दुर्घटनामा एकको मृत्यु, १६ घाइते

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको बुलिङटारमा शुक्रबार जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १६ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जादै गरेको लु १ ज ३७१० नम्बरको जिप बुलिङटार गाउँपालिका –६, अत्रौलीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि पाल्पा रामपुर –४ बस्ने २३ वर्षिय अजय विकको घटना स्थलमानै मृत्यु भएको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो । घाइते मध्य ५ जनाको नारायणी सामुदायि अस्पताल भरतपुर र ११ जनाको डेढगाउँ स्थित स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । घाइते मध्य भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिम बहादुर मास्कीको अवस्था गभ्भिर रहेको उहाँले बताउनुभयो ।
जिपमा १७ जना सवार रहेका थिए । जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो । जिपको बे्रक फेल भएर जिप सडक देखी ५० मिटर तल खसेको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 74 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 13 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *