+
+
-- Sponsored Ad --

जिप दुर्घटनामा एकको मृत्यु, १६ घाइते

478 पटक हेरिएको
Clock २०७८ बैशाख १०, शुक्रबार १८:४६
-- Sponsored --

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको बुलिङटारमा शुक्रबार जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १६ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जादै गरेको लु १ ज ३७१० नम्बरको जिप बुलिङटार गाउँपालिका –६, अत्रौलीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि पाल्पा रामपुर –४ बस्ने २३ वर्षिय अजय विकको घटना स्थलमानै मृत्यु भएको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो । घाइते मध्य ५ जनाको नारायणी सामुदायि अस्पताल भरतपुर र ११ जनाको डेढगाउँ स्थित स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । घाइते मध्य भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिम बहादुर मास्कीको अवस्था गभ्भिर रहेको उहाँले बताउनुभयो ।
जिपमा १७ जना सवार रहेका थिए । जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनुभयो । जिपको बे्रक फेल भएर जिप सडक देखी ५० मिटर तल खसेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win