+
+
-- Sponsored Ad --

शुक्रबारदेखि आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरूको चेतावनी

519 पटक हेरिएको
Clock २०७९ बैशाख १५, बिहीबार १९:१४
-- Sponsored --

१५ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक उडानका वायुसेवा कम्पनीले कार्यान्वयन नगर्ने भएका छन् ।

प्राधिरकणले भोलि (शुक्रबार)देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघको चेतावनी छ ।

प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।

तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका छन् । अहिले रातको ८ बजे पछिका नियमित उडान कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको कँडेलको भनाइ छ ।

संघका अनुसार अग्रिम रुपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने भएकाले प्राधिकरणको निर्णय मान्न नसकिने अवस्था आएको हो ।

वायुसेवा कम्पनीहरुले नयाँ स्लट अनुसार उडान गर्न नसक्ने भन्दै संशोधन नभएसम्म सम्पूर्ण उडान स्थगत गर्ने समेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघमा नेपाल एयरलाइन्सबाहेक निजी क्षेत्रमा सबै कम्पनीहरु सदस्य छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win