+
+
-- Sponsored Ad --

भरतपुरमा देउवाले फकाए, प्रचण्डले तर्साए

482 पटक हेरिएको
Clock २०७९ बैशाख २२, बिहीबार १७:३६

e/tk’/, @@ j}zfvM r’gfjL ;efdf ;xefuLx? ;Qf u7aGwgn] laxLaf/ e/tk’/df cfof]hgf u/]sf] r’gfjL ;efdf ;xefuL k|wfgdGqL Pjd g]kfnL sf+u|];sf ;efklt z]/axfb’/ b]pjf, g]skf -dfcf]jfbL s]G›_ sf cWoIf k’iksdn bfxfn …k|r08Ú, -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs’df/ g]kfnnufot ;xefuL . tl:a/M /f]zg ;fksf]6f÷/f;;

-- Sponsored --

२२ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले दिएको स्वतन्त्र उम्मेदवारीका कारण दबावमा परेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बिहीबार भरतपुरमा चुनावी सभा गरेका छन् ।

केन्द्रीय बस टर्मिनलमा भएको सभामा सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुले पार्टीका असन्तुष्ट कार्यकर्ता तथा समर्थकलाई फकाउने प्रयास गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कांग्रेस र माओवादीको गठबन्धन अस्वीकृत भए देश दुर्घटना पर्ने त्रास देखाएका छन् ।

सत्ता गठबन्धनमा भएको भागवन्डाअनुसार भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दिएकी छन् भने उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । तर मेयर माओवादीलाई छाड्ने निर्णयको विरोध गर्दै कांग्रेसका पूर्व सांसद पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेस नेताहरुले उम्मेदवारी फिर्ता गराउन धेरै प्रयास गरेका थिए, तर पौडेल टसकोमस भएनन् ।

अहिले पनि कांग्रेस नेताहरुले पौडेलसँगै उनका समर्थक र प्रस्तावकलाई मनाउन कोसिस जारी राखेका छन् । चुनावी सभालाई भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जगन्नाथ पौडेल लगायतका नेताहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

चुनावी सभामा पनि कांग्रेस नेताहरुले असन्तुष्ट कार्यकर्तालाई फकाउने प्रयास गरेका छन् । सभापति देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै भने, ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खत्तम हुन्छ । यो षड्यन्त्र भरतपुरबाट हुनै सक्दैन ।’

अहिले रेनुलाई सहयोग गर्न आग्रह गर्दै उनले अर्को पटक उनलाई छाड्न भन्ने आश्वासन पनि दिए । रेनुको जित सुनिश्चित भइसकेकाले बखडा झिक्न नहुने भन्दै देउवाले भने, ‘यो पटक सहयोग गरौं । पछि हामीलाई सहयोग गर्न भनौंला ।’

प्रचण्डले तर्साए

देउवाभन्दा अगाडि सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने चितवनका कांग्रेस नेताहरुको मागअनुसार गठबन्धनको पक्षमा उभिराख्ने प्रतिवद्धता मात्र जनाएनन्, कांग्रेस-माओवादी सहकार्यलाई साथ नदिए देश दुर्घटनामा पर्ने त्रास पनि देखाएका छन् ।

२०४६ सालको जनआन्दोलन र ०६२/६३ को जनआन्दोलन र शान्ति सम्झौतामा कांग्रेस र कम्युनिस्टले सहकार्य गरेको भन्दै प्रचण्डले गठबन्धनको विपक्षमा रहेकाहरुलाई त्यतिबेलाको सहकार्य गलत थियो भनी प्रश्न गरे ।

२०७४ को स्थानीय चुनावमा  कांग्रेससँग तालमेल गर्दा मधेसका साथै चितवनमा पनि एउटा पार्टीका समर्थकले अर्को पार्टीका उम्मेदवारलाई मतदान नगरेकाले कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेर नै आफूले गठबन्धन फेरेको प्रचण्डले स्पष्टीकरण दिए ।

कांग्रेस नेता टेकप्रसाद गुरुङको नामै लिएर प्रचण्डले भने, ‘तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जानसक्छ । ’

उनले अघि भनेका छन्, ‘यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यक हो भनेर चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो म उत्साहित हुनेछ र यो गठबन्धनलाई १०/१५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ ।’

एमालेसँग गठबन्धन गर्दा ठूलो मूल्य चुकाएर ज्ञान प्राप्त गरेको भन्दै उनले आफूमाथि शंका नगर्न आग्रह गरे ।

पहिले गठबन्धनको विरोधमा रहेका जितनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ लगायतका कांग्रेस नेताहरुले सभालाई सम्बोधन गर्दै अहिले माओवादी उम्मेदवारलाई जिताए पनि भोलि कांग्रेसलाई धोका हुनसक्ने भन्दै प्रचण्डमाथि आशंका गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win