+
+
-- Sponsored Ad --

पूर्वराजा उपस्थित नभएपछि दुर्गा प्रसाईंले भने – राजतन्त्र जिन्दावाद नभन्नू

286 पटक हेरिएको
Clock २०७९ फाल्गुन २०, शनिबार १८:५०
-- Sponsored --

काठमाडाैं । व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गरेका छन ।

राजतन्त्र पुनस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गरेका प्रसाइले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन ।

यस अघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊलगातका नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका थिए । तर प्रसाईले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरे ।

उनले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राखे । प्रसाईले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि बताए ।

उनले भने, ‘म तपाईहरुलाई राजतन्त्र जिन्दाबाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरु पनि आन्दोलनमा आउनु पर्‍यो नि । हामीसँगै आउनु पर्‍यो । भिडनु पर्‍यो । हामीलाई साथ दिनु पर्‍यो । हामी राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ । म राजा देखाएर सांसद बनेर जान्न ।’

माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम सुरु गरेका हुन ।

आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सृजना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको उनकाे भनाइ थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win