0 प्रतिक्रिया
प्रधानमन्त्री देउवा पोखरापछि दाङमा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखराको कार्यक्रम सकेर दाङ पुग्नु भएको छ ।
देउवाले दाङ जानु अघि सत्ता गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभालाई समबोधन गर्नु भएको थियो । देउवासँगै सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले पोखराको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

गठबन्धनले आजै दाङमा पनि चुनावी सभाको आयोजना गरेको छ । प्रधानमन्त्री देउवासँगै सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेता पनि दाङ पुगेका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



