२९ फागुन, काठमाडौं । सात वर्षे कार्यकाल सकेर आज निवृत्त निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई शीतलनिवासबाट बिदाई गर्ने बेला नयाँ राष्ट्रपति रामचन्द्र पौडेल कारसम्म छाड्न गए । राष्ट्रपतिले विनयशीलता र राजनीतिक संस्कार प्रकट गर्दैगर्दा सरकारले निवास पठाउने बारेमा भने प्राविधिक त्रुटि गर्न पुगेको छ ।
यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई निवाससम्म छाड्न तत्कालीन केपी ओली सरकारले सहसचिवको नेतृत्वमा टिम पठाएको थियो । यसपल्ट भण्डारीलाई छाड्न भने कसैलाई पठाइएन ।
यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई छाड्न गृहमन्त्रालयका तत्कालीन सहसचिव गणेश ढकाल बागडोल निवास गएको थिए ।
निवर्तमान भण्डारीको बिदाइ क्रममा भने मन्त्रालयले प्रक्रियागत त्रुटि गर्न पुगेको देखिन्छ ।

