+
+
-- Sponsored Ad --

पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान पराजित

410 पटक हेरिएको
Clock २०७९ जेष्ठ १, आईतवार १३:४१
-- Sponsored --

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित हुनुभएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा उहाँ एमालेबाट खुला सदस्यको उम्मेदवार बन्नुभएको थियो । उहाँलाई कांग्रेसका सम्भव अर्यालले पराजित गर्नुभएको हो । वडा १ मा १ हजार ८ सय ३४ मत खसेको थियो ।

विजयी अर्यालले १ हजार १ सय १२ मत प्राप्त गर्नुभएको हो । पराजित पौडेलले भने ६ सय ४५ मत प्राप्त गर्नुभएको हो।वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन्।

त्यस्तै, वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धा हुनुहुन्छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win