0 प्रतिक्रिया
विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला
१४ असार, विराटनगर । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।
मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।
सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



