+
+
-- Sponsored Ad --

कोरोना संक्रमणबाट १२ पत्रकारको निधन २५० सक्रिय संक्रमित

989 पटक हेरिएको
Clock २०७८ बैशाख ३१, शुक्रबार १५:३०
-- Sponsored --

काठमाडौं : कोरोना संक्रमणबाट हालसम्म १२ जना पत्रकारले ज्यान गुमाएका छन्। देशभर सातसय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीका अनुसार हाल दुईसय ५० जना सक्रिय संक्रमित छन्। करिब ४० जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा छन्।

 

उनले भने,‘अहिले सम्म १२ जनाको मृत्यु भएको छ, ६ जना सिकिस्त विरामी छन। उनीहरुको आइसियूमा उपचार भैरहेको छ।’ उनका अनुसार महासंघमा बनाएको अक्सिजन सहितको पाँच बेडको आइसोलेसन अहिले खाली छ।

‘दुई जना कोरोना संक्रमित विरामी यहाँ आएर बसेका थिए,उहाँहरु ठिक भएर गइसक्नुभयाे यो। अहिले खाली छ। फेरि पाँच बेडको आइसोलेसन बनाउने तयारी बनाएका छौ’,पुरीले भने।

उनले पत्रकारहरुको उपचारमा अक्सिजनको अभाव हुन नदिन पहल गरिरहेको पनि सुनाए। ‘यो महामारीमा पनि विभिन्न सञ्चारमाध्यामले तलब नदिने,पत्रकारलाई निकाल्ने गरेका छन्,ती पत्रकारहरुलाई पुन: काममा फर्काउन, पारिश्रमिक दिनलाई पनि महासंघले पहल गरेको छ,’उनले भने। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win