+
+
-- Sponsored Ad --

धरानको मतगणना स्थलमा माओवादीको नाराबाजी, विद्यालय ताेडफाेड

425 पटक हेरिएको
Clock २०७९ जेष्ठ ४, बुधबार १७:२९
-- Sponsored --

सुनसरी । धरान उपमहानगरपालिका वडा नम्बर २० काे मतगणनास्थलमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् ।

वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध जनाएको हाे ।

माओवादी कार्यकर्ताहरूले मतदान अधिकृतको विरोध गर्दै मतगणना स्थल पब्लिक स्कुलमा तोडफोड गरेका छन् ।

मतदान अधिकृतको हस्ताक्षर नभएकाे मतपत्र सदर गर्नुपर्ने उनीहरूकाे माग छ । अहिले पनि उनीहरूले नाराबाजी गरिरहेका छन् ।

माओवादी केन्द्रका धरान सह–इन्चार्ज सुदर्शन श्रेष्ठले निर्वाचनमा खटिएका कर्मचारीले चरम लापरबाही गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

हस्ताक्षर नगरिएका मतपत्र सदर नगरेको अवस्थामा धरान–२० मा पुनः मतदान गर्नुपर्ने उहाँकाे भनाइ छ ।

नाराबाजी र मतगणनास्थल तोडफोडसँगै धरानको मतगणना स्थगित भएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win