0 प्रतिक्रिया
दाङमा श्रीमानले आफ्नै घरमा आगो लगाए, श्रीमती घाइते
१५ असार, दाङ । दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाएका छन् । आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका उज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर घरमा आगो लगाउन खोज्दा उनकी २८ वर्षीया श्रीमती माया श्रेष्ठ घाइते भएकी हुन् ।
ती व्यक्तिले श्रीमतीसँग पटक-पटक विवाद हुँदै आएको र आफू तनावमा भएको प्रहरीसमक्ष बताएका छन् । उनले घरमा आगो लगाएर आफू पनि आत्महत्या गर्न खोजेको बयान दिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



