+
+
-- Sponsored Ad --

गौशाला प्रहरी वृत्त अगाडि आज पनि सेन्ट लरेन्सका विद्यार्थीको प्रदर्शन

357 पटक हेरिएको
Clock २०७९ जेष्ठ ११, बुधबार १६:३५
-- Sponsored --

११ जेठ, काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरुद्ध विद्यार्थीहरुले बुधबार पनि प्रदर्शन गरेका छन् ।

बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो । उनीहरुले दुई शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

 
प्रदर्शनमा सहभागी विद्यार्थीहरुका अनुसार दुई शिक्षकविरुद्ध कारबाहीको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहन्छ । यसैबीच, विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जनले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी हुनेबित्तिकै शिक्षकलाई बर्खास्त गरिएको बताएका छन् ।

‘आरोपितलाई पक्राउ गरेर अनुसन्धान समेत सुरु भएर कानूनी कारबाही अघि बढिसकेको छ’ उनले भनेका छन्, ‘घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरुले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन सदैव तत्पर रहेको छ ।’

मंगलबार तीन जना विद्यार्थीले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलले दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएका छन् । जाहेरीका आधारमा उनीहरुलाई अनुसन्धानका लागि अदालतले पाँच दिन उनीहरुलाई हिरासतमा राख्न अनुमति दिएको छ ।

थप अनुसन्धान भइरहेको गौशाला प्रहरीका डीएसपी केशव भट्टराई बताउँछन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win