भदौ १६, काठमाडौं : मुटुमा असजिलो महसुस भई उपचारको निमित्त ह्याम्स अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका छन् ।

kamal thapa

कमल थापा

भेटमा पूर्वयुवराज पारसले आफू ठिक रहेको र अहिले खासै केही समस्या नभएको बताएको तथा थापाले स्वास्थ लाभको कामनासहित केही समय आराम गर्न भनेको स्रोतले बताएको छ । पारसलाई भेट्न अध्यक्ष थापासङ्ग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि थिए । अस्पताल स्रोतका अनुसार पारसको आजै डिस्चार्ज हुनेछ ।