+
+
-- Sponsored Ad --

बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न प्रधानमन्त्री देउवा सकारात्मक

490 पटक हेरिएको
Clock २०७९ जेष्ठ ११, बुधबार १९:००
-- Sponsored --

११ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न सकारात्मक देखिएका छन् ।

नेपाली कांग्रेसमा महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् ।

देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । भेटमा आफूहरुले बलात्कार मुद्दाको हदम्याद पुनरावलोक गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

‘बलात्कारका घटनाहरु बढिरहेको छ । कतिपय घटनाहरुमा हदम्यादले अप्ठ्यारो पारेको महसुस मलाइ पनि भएको छ’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै भुसालले जानकारी दिइन् ।

प्रचलित कानुन आुसार हाडनातामा करणीमा जहिलेसुकै उजुरी लाग्छ भने त्यसबाहेकका बलात्कार वा यौनजन्य हिंसाका घटना भएको एक वर्षभित्र उजुरी गर्नुपर्ने हुन्छ । नाबालिकको हकमा पनि बालिग (१८ वर्ष) भएपछि एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, महिला नेताहरुले यो एक वर्षे हदम्यादले पीडितलाई अप्ठ्यारो पारेको उल्लेख गर्दै बलात्कारको घटनामा हदम्याद नै नराख्न माग गर्दै आएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win