0 प्रतिक्रिया
नवलपुरमा सडक दुर्घटनाः नाबालकसहित चार घाइते
माधव सुवेदी, २९ पुष, देवचुली ।।
नवलपुरको देवचुली क्याम्पसचोकमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकसहित चारजना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना १ ज ५७९८ नम्बरको म्याजिकले पश्चिमबाट पूर्वदिशातर्फ जाँदै गरेको लु ३० प ७०९१ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा बर्ष ३५का मोटरसाइकल चालक समीरबाबु श्रेष्ठ घाइते भएका हुन् । ठोकिएर उछिट्टीएको मोटरसाइकलले लागेर पैदलयात्री देवचुली १६ का बर्ष २३ का रोजिना लामीछाने, उनका एकबर्षे नाबालक छोरा आभाष लामीछाने तथा बर्ष २६ का बिन्दु धिताल समेत घाइते भएका छन् । दुबै सबारी साधन र म्याजिक चालक प्रहरी नियन्त्रणमा रहेका छन् । महिलाद्वय र बच्चाको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेको छ भने मोटरसाइकलचालकको दुम्कौली अस्पतालमा उपचार भइरहेको रजहर प्रहरीले जनाएको छ ।



